Fast Nepal News

सुन तस्कर प्रकरणको विषयलाई लिएर अहिले संसद अवरोध

‘वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको बताउदैँ कैयौँ नयाँ कानुन बनाउनुपर्ने र कैयौँ कानुनमा संशोधन गरी जनसरोेकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको धारणा व्यक्त

banner single news

२२ श्रावण,काठमाडौं- सुन तस्कर प्रकरणको विषयलाई लिएर अहिले संसद अवरोध भएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेपछि आज पनि राष्ट्रियसभाको सदन अवरोध गरेको छ।सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेता सकारात्मक भएको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशन प्रसारण गरेको छ।राष्ट्रिय दलको रुपमा रहेका राप्रप्रा र रास्वपालाई सदनको गतिरोध हटाउने र संसदीय समितीको नेतृत्व चयन समेतको बैठकमा राष्ट्रिय दललाई वेबास्ता गरी शीर्ष नेताहरु बैठकमा रहेका छन्।

Inside Article Ads

पछिल्लो समय भईरहेको सदनको गतिरोधलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले सोमबार सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।‘वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको बताउदैँ कैयौँ नयाँ कानुन बनाउनुपर्ने र कैयौँ कानुनमा संशोधन गरी जनसरोेकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपालमा हाल संसद् नचल्दै बार्गेनिङ चल्नु दुखद रहेको लामिछानेको भनाई छ।

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.