Fast Nepal News

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले १४ वर्षीय बालकलाई गराए पार्टी प्रवेश

banner single news
१ श्रावण,काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले कक्षा ९ मा अध्ययनरत विराटनगरका एक १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएका छन् ।एक कार्यक्रमको बीच पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले बालकलाई टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
कक्षा ९ मा अध्ययनरत विराटनगरका एक १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएपछि राजनीतिक जगतमा यो बिषय आलोचनाको शिकार बन्न पुगेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले कक्षा ९ मा अध्ययनरत विराटनगरका एक १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएको विषय नेपालको संबिधान बिपरित हुन पुगेको छ।नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ ले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ मा बालबालिका विरुद्धको कसुरको व्यवस्था गरिएको छ । जस अन्तर्गत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, हड्ताल, बन्द वा जुलुसमा प्रयोग गर्न निषेध गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ बालबालिका विरुद्धको कसुरको उपदफा ६० मा ‘ राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम वा जुलुसमा प्रयोग गर्ने’ कामलाई बालबालिका विरुद्धको कसुर मानेको छ । यस अर्थमा लिङ्देनको उक्त कार्य बालबालिका विरुद्धको कसुर भएको देखिन्छ।
पार्टी प्रबेश गराउने क्रममा नेपालको संविधान र ऐनको पालनामा जोड दिदैँ उमेर नपुगेका बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, हड्ताल, बन्द वा जुलुसमा प्रयोग गर्ने विषयमा सम्बन्धित राजनीतिक दलले ध्यान दिन अति नै आवश्यक देखिन्छ।
Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.