Fast Nepal News

समाजवादी मोर्चाको नेतृत्व ६ महिनामा आलोपालो गर्ने निर्णय

banner single news

२४ असार,काठमाडौँ-समाजवादी मोर्चाको नेतृत्व प्रत्येक ६ महिनामा परिवर्तन हुने भएको छ। शनिबार आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आलोपालो ६–६ महिनामा नेतृत्व गर्ने निर्णय गरेको हो।

मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने निर्णयसमेत भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

त्यसैगरी, बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ। कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन्।

Inside Article Ads

कार्यदलले तयार गरेको प्रतिवेदन असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने पाण्डेले जानकारी दिए।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.