Fast Nepal News

प्रधानमन्त्री ओलीले मागे नेपाल पक्षसँग सहयोग

ओलीले पार्टीमा देखिएको संकट हल गर्न नेपालसँग सहयोग मागेका छन्।

banner single news

आइतबार बालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको संकट हल गर्न नेपालसँग सहयोग मागेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संकटमा रहेकोले जोगाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका हुन्।

छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार,‘पार्टी फुटको संघारमा छ, संकटमा छ भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो,’ ‘पार्टीलाई जोगाउनुपर्‍यो भन्नुभयो।’

उक्त भेटमा बरिष्ठ नेता नेपालले पार्टी जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन् राख्न आग्रह गरेका थिए।‘पार्टीमा देखिएको संकट हटाउन तपाईंका तर्फबाट प्रस्ताव के छन्? ल्याउनुस्,’ नेता नेपालको भनाइ उद्धृत गर्दै पाण्डेले भने।

उक्त छलफलमा प्रधानमन्त्री भने एक्लै बसेका थिएठोस कुरा केही पनि भएन। हामीले पार्टी अफ्ठ्यारो अवस्थामा छ। पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्यौं। उहाँले पनि हो एकताबद्ध बनाएर लैजानुपर्छ भन्नुभयो। आफ्नो कुराहरु राख्नुभयो। जे उहाँले भन्दै आउनुभएको छ त्यही कुरा राख्नुभयो,’ भेटमा सहभागी ती नेताले भने, ‘हामीले पार्टी अध्यक्ष पनि तपाईं हो। पार्टीको प्रधानमन्त्री पनि तपाईं। यस्तो बेला पार्टी बिभाजनमा गयो भने सबैभन्दा जिम्मेवार पनि तपाईं हो भनेर भन्यौं। यसो हुँदा तपाईं लचिलो भएर सबैलाई समेटेर जानुपर्छ भनेर भन्यौं।’

पार्टीको स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटि बैठक राखेर समस्याको बारेमा बैठकमै छलफल गर्न सुझाव दिएको भेटमा सहभागी अर्का एक नेताले बताए।

Inside Article Ads

शनिबार प्रचण्ड सहितका ५ नेताले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र नै दिएका थिए।

पत्रमा प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

शनिबार बालुवाटारको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की नै परेको थियो।

तीनतीन घण्टा भएको छलफलमा अधिकांश समय प्रधानमन्त्री ओलीले मात्रै बोलेका थिए।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.