Fast Nepal News

म्याउँ म्याउँ गर्नेहरूले केही गर्न सक्दैनन्: नेपाल

banner single news

काठमाडौँ  – २४ श्रावण  २०७८

काठमाडौँ, एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । उनले पार्टी एकताका लागि अन्तिम मौका दिएको पनि बताएका छन् दोलखाका कार्यकर्ताहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीका गतिविधिले गर्दा पार्टीमा समस्या आएको बताएका छन् ।सम्बोधनका क्रममा आक्रोशित रूपमा प्रस्तुत भएका नेता नेपालले भनेका छन्, ‘ मलाई कुनै भ्रम नै छैन, द्विविधा छैन । केपी ओली सुध्रिएलान् भन्ने मलाई फटक्कै पत्यार छैन, आजको डायरीमा नोट गरेर राख्नुस् ।’

ओली सुध्रिएमा आफूले आग्रह पालेको रहेछु भन्ने ठान्ने नेता नेपालको भनाइ छ । ओलीले आफ्नो पक्षले उठाएका माग सम्बोधन गरेनन् भने अर्थात् सम्मानजनक एकता गरेनन् भने के गर्ने भन्नेबारे नेपालले भनेका छन्, ‘तर, यदि केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ? त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन । हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’

Inside Article Ads

बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अन्तिम मौका दिएको पनि नेपालले खुलासा गरेका छन् । उनले ओलीले आफ्ना गतिविधि कायमै राखेको र आफ्ना पक्षका गतिविधि हेर्ने मात्रै भएको भन्दै देशभर कार्यक्रम अघि बढाउन पनि निर्देशन दिएका छन् ।’अहिले हामीले अन्तिम मौका दिएका छौं केपी ओलीलाई । अन्तिम मौका के दिएका छौं भने उहाँ २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नुहुन्न ? दोस्रो, उहाँले पार्टी सदस्यता वितरण गर्ने कामलाई रोक्नुहुन्छ कि रोक्नुहुन्न ? उहाँले अस्तिको बैठकबाट निर्णय गरेर धमाधम वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नुहुन्न ?,’ ओलीले आफूप्रति लक्षित गरेर दिएका अधिव्यक्तिलाई लिएर नेपालले भनेका छन्, ‘गाली-गलौचको उहाँको गोला-बारुद बन्द हुन्छ कि हुन्न ? यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।’

ओलीले धमाधम कार्यक्रम गरिरहेको र गालीगलौच गरिरहेको अवस्थामा आफू पक्षका नेताहरू भने म्याउँ म्याउँ गरेर बसिरहेको नेपालको भनाइ छ । ‘ओलीले गालीको गोलाबारुदहरू पड्काइरहेका छन् । हामी म्याउँ म्याउँ गरेर बसिरहेका छौं । म्याउँ म्याउँ गर्नेहरूले केही गर्न सक्दैनन्,’ नेपालले भने ।आफू पक्षका नेताहरूबारे नै उनले भनेका छन्, ‘मैले त यो संसारमा धेरै मान्छेलाई देखेको छु, नाडी छामेको छु । जसको नाडीको धड्कन कम छ त्यसले केही गर्न सक्दैन । हुन त धड्कन बढी भएकाले पनि पार लाग्न सग्दैन । ठिक्क धड्कन हुनुपर्छ ।’ मुटु बलियो हुनेले चुनौतीको सामना गर्न सक्ने पनि नेपालको भनाइ छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.