Fast Nepal News

सम्मानजनक एकता हुनुपर्ने नभए अन्य विकल्पमा तयार हुने एमाले माधव नेपाल समूहको निष्कर्ष

banner single news

काठमाडौँ – २३ श्रावण  २०७८

काठमाडौँ, अध्यक्ष केपी शर्मा ओलीसँग सम्मानजनक एकता हुनुपर्ने नभए अन्य विकल्पमा तयार हुने निष्कर्ष एमाले माधव नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले निकालेको छ ।सरकारमा सहभागिताका लागि सत्ता गठबन्धन दलहरूले नेपाल समूहलाई दबाब दिइरहेको र मन्त्रिपरिषद् विस्तार नगरी पर्खिरहेको अवस्थामा केन्द्रीय कमिटी बैठक बसेको थियो । सरकारमा सहभागिताबारे बैठकले ठोस निर्णय गरेन ।पार्टी एकता र सत्ता गठबन्धनमा सहभागिता लगायतका विषयमा केन्द्रीय कमिटीका नेताहरूले मिश्रित धारणा राखेपछि आगामी दिशा कसरी तय गर्ने भन्नेबारे नेपाल समूहले फेरि स्थायी कमिटीका नेताहरूबीच छलफल गर्ने भएको छ ।

बैठकको समापन गर्ने क्रममा नेता नेपालले अध्यक्ष ओलीले आफ्नो जति अपमान गरे पनि एकताको पक्षमा लाग्ने बताएका थिए । उनले असार २७ गते भएको १० बुँदे सहमतिलाई आधार मानेर अघि बढ्न तयार रहेको तर त्यसमा परिमार्जन आवश्यक रहेको अडान स्पष्ट पारेका थिए । ‘केपी ओलीले जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ नेता नेपालले केन्द्रीय कमिटी बैठक समापनका क्रममा भनेका कुरा उल्लेख गर्दै नेता रघुजी पन्तले बताए ।

Inside Article Ads

ओलीले एकताका नाममा अल्मल्याउन खोजेका हुन् कि भन्ने केन्द्रीय सदस्यहरूका भनाइप्रति पनि सतर्कता अपनाउँदै नेपालले जवाफ दिएका थिए । उनले त्यसरी अल्पमल्याउने काम नहोला आफूलाई लागेको र एकतामा नै जोड दिनुपर्छ भन्ने आफ्नो चाहना रहेको सुनाए ।पार्टीभित्रै संघर्ष गर्नुपर्ने धारणा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले बैठकमा राखेका थिए । नेता नेपाललाई एउटा विचार समूहको नेता र ओलीलाई अर्को विचार समूहको नेताको रूपमा समान हैसियतमा राखेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.