Fast Nepal News

सत्तारूढ गठबन्धनको प्रस्तावित साझा न्यूनतम कार्यक्रम : परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति (पूर्णपाठ)

banner single news

काठमाडौँ — २२ श्रावण  २०७८

काठमाडौँ, सत्तारूढ गठबन्धनले परराष्ट्र नीति निर्माणका लागि राष्ट्रिय सहमति कायम गर्ने भएको छ । साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले परराष्ट्र नीति तय गर्दा सबै राजनीतिक दलहरूबीच सहमति कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनका शीर्ष नेताहरूलाई शुक्रबार बुझाइएको साझा न्यूनतम कार्यक्रममा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने र त्यसका लागि सबैबीच सहमति कायम गर्ने उल्लेख छ ।

‘परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने,’ साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ, ‘देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्नु, भूपरिवेष्टित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने ।’साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ, ‘छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्धलाई जोड दिने ।’

शान्ति, स्थिरता, आर्थिक रूपान्तरण र जनताको समृद्धिको दिशामा अगाडि बढ्न सबै मित्रराष्ट्रहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने पनि सत्तारूढ गठबन्धनले कार्यक्रम अघि सारेको छ । संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त एवम् राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।यसरी तय गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने पनि उल्लेख गरिएको छ ।

Inside Article Ads

यस्तो छ सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रम

(कान्तिपुर दैनिक)

 

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.