Fast Nepal News

विशेष महाधिवेशनको प्रस्ताव छोटो समयका लागि मात्रै हो : पौडेल

banner single news

काठमाडौँ — २१ श्रावण  २०७८

काठमाडौँ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिकता जोगाउन आफूले छोटो समयका लागि मात्रै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेको बताएका छन् ।क्रियाशील सदस्यताको विवाद मिलाउन समय लाग्ने देखिएपछि यस्तो प्रस्ताव अघि सारेको भन्दै उनले १३औं महाधिवेशनका प्रतिनिधिबाट ६/८ महिनाका लागि मात्रै तदर्थ समिति बनाउन सकिने जनाए ।‘पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै मैले भनेको हो । पार्टीको वैधानिकता जोखिममा पारेर अन्य विकल्पमा म्याद थप्ने काममा हाम्रो समर्थन हुनेछैन,’ पौडेलले कान्तिपुरसँग भने, ‘क्रियाशील सदस्यताको विवाद मिलाउन समय लागेकाले त्यतिन्जेलका लागि अस्थायी प्रबन्ध गरेर पार्टीलाई जोगाऊँ भन्ने हाम्रो विचार हो ।’

कांग्रेस नेता अर्जुननरसिंह केसीले यस्तो अभ्यास कांग्रेसमा यसअघि पनि भएको जनाउँदै दुई वर्षका लागि विशेष महाधिवेशन गर्न सकिने बताउँदै आएका छन् । विशेष महाधिवेशनको विकल्प केसीले केही महिनाअघिदेखि नै अघि सार्दै आएका हुन् । पहिला पौडेलले मानेका थिएनन् । तर सदस्यता विवाद लम्बिँदै महाधिवेशन गर्न नसकिने परिस्थिति बनेपछि उनले बुधबार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो प्रस्ताव गरेका हुन् ।

Inside Article Ads

देउवाले विशेष महाधिवेशनको विकल्पमा जान नसकिने बताउँदै तोकिएकै मितिमा महाधिवेशन हुने अडान राख्दै आएका छन् । संस्थापनपक्षीय एक नेताका अनुसार अन्य विकल्पबाट महाधिवेशनको समय केही महिना बढाउन तयार भए पनि देउवा विशेष महाधिवेशनको पक्षमा भने छैनन् ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.