Fast Nepal News

अवैधरुपमा नदीजन्य सामानको ओसारपसारमा प्रयोग भएका १४ वटा टिपर सशस्त्र प्रहरीले नियन्त्रणमा

banner single news

रौतहट १९ भदौ । अवैधरुपमा नदीजन्य सामानको उत्खनन गरी ओसारपसारमा प्रयोग भएका १४ वटा टिपर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको वाग्मती नदीबाट निकाल्लियको बालुवा गिट्टी जिल्लाको विभिन्न भागमा ढुवानी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल सन्तपुरले टिपर लाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाएको हो ।

नदी उत्खननको ठेक्का बन्द रहेको अवस्थामा अवैधानीक तरिकाले निकालिएको नदीजन्य पदार्थहरु बालुवा गिट्टी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ११ नं. गण रौतहटले जनाएको छ ।

आर्थिक वर्ष सकिएसँगै तीन महिनका लागि नदीजन्य पदार्थको निकासीको इजाजत बन्द भएको हुन्छ ।

Inside Article Ads

नदीबाट अवैध किसिमले ढुङ्गा गिट्टी निकालेर व्यवसायिक प्रयोजनको लागि लैजादै गरेकोले पक्राउ परेका सवारी साधनहरुलाई कारबाही गरिने जिल्ला समन्वय समितिका लेखापाल देवकुमार यादवले बताए ।

नियन्त्रणमा लिएका सवारी साधनमा लोड गरिएको सामान जफत गरेर सवारी साधनलाई नियमानुसान कारबाही गरिने उनको भनाइ छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.