Fast Nepal News

आगामी आर्थिक वर्षदेखि पारिश्रमिक बढ्दै, रोजगारदाताले महिनामा कम्तिमा १५ हजार दिनैपर्ने

banner single news

काठमाडौं, वैशाख १९

काठमाडौं, नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक बढाउने बताएका हुन् ।

उनले भने, ‘गत आर्थिक वर्ष नै नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने थियो । तर, विश्वव्यापी महामारीका कारण बढ्न सकेन ।’ त्यसैले गत वर्ष नेपालका ट्रेड युनियन र श्रमिकले देखाएको समझदारी यो वर्ष उद्योगी/व्यवसायीले देखाउनुपर्ने उनको भनाई थियो ।

‘अघिल्लो वर्ष महामारीका कारण श्रमिकले पारिश्रमिक बढ्दैन भन्दा सहमती जनाएकाले यो वर्ष व्यवसायी र उद्योगीले पारिश्रमिक बढ्छ भन्दा सहमती हुनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने ।

उनले उद्योगी÷व्यवसायी र श्रमिकबीच आपसी समझदारी नबन्दा सरकारले पारिश्रमिक तोक्ने बताएका छन् । खासगरी, सरकारले दुवै पक्षलाई आपसी समझदारी गरेर आउन भनेपनि श्रमिकले बढी पारिश्रमिक तोक्नुपर्ने माग गरेका थिए ।

Inside Article Ads

यसैगरी, उद्योगी/व्यवसायीले केही प्रतिशतले मात्रै बढ्नुपर्ने अडान राखेकाले सरकारले दुवै पक्षको अडानबाट नयाँ पारिश्रमिक मूल्य तोकेको छ । जुन, दुवै पक्षले तोकेको पारिश्रमिकको मध्यविन्दु हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने नयाँ पारिश्रमिक दर अनुसार मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुग्ने छ । हाल महिनाको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ छ ।

यसैगरी, दिनको न्यूनतम पारिश्रमिक ५१७ बाट बढेर ५७७ रुपैयाँ पुग्ने छ भने घन्टाको न्यूनतम पारिश्रमिक बढेर ६९ रुपैयाँबाट ७७ रुपैयाँ पुग्ने छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.