Fast Nepal News

निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च पनि सरकारले व्यहोर्ने

banner single news

काठमाडौं, भदौ ५ – निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

Inside Article Ads

यसअघि नै सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि निजी अस्पताललाई संक्रमितको उपचारका लागि २० प्रतिशत शय्या अनिवार्य छुट्याउन आग्रह गरिसकेको छ । यसैगरी केही निजी अस्पताललाई कोरोनाको परीक्षण गर्न समेत अनुमति प्रदान गरिसकेको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.