Fast Nepal News

काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, श्रावण २६ – काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भक्तपुरका ४ जना, काठमाडौंका ३६ जना र ललितपुरका ४ जना गरी कुल ४४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ११० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.