Fast Nepal News

१२१ ठाउँमा जितेको पार्टी घट्दा(घट्दा ८३ सांसदमा पुगेको छ: माधवकुमार नेपाल

banner single news

काठमाडौँ – ९ श्रावण २०७८

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालले १२१ ठाउँमा जितेको पार्टी घट्दा घट्दा ८३ सांसदमा पुगेको बताएका छन् । पार्टीभित्रको अन्तरविरोधले यस्तो हविगत भएकाले मूल कारण खोज्न अध्यक्ष ओलीलाई नेपालले सुझाएका पनि छन् । ४३ औं पुष्पलाल स्मृति दिवसका उपलक्ष्यमा शुक्रबार आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयको प्रवचन कार्यक्रममा नेता नेपालले पार्टीमा देखिएको समस्याको कारण खोज्‍न आग्रह गरेका हुन् ।अन्तरविरोध कायमै रहेमा पार्टी अझै कति तल झर्ने हो भन्ने यकिन नभएको उनको भनाइ छ ।

एमालेको अन्तरविरोध पदको लडाइँमा नभएको भन्दै नेता नेपालले वैचारिक मान्यता, विचारसँग सम्बन्धित रहेको बताए ।पार्टी अध्यक्ष केपी ओलीतर्फ इंगित गर्दै नेता नेपालले भने,’जसले आफ्नो घर सम्हाल्न सक्दैन, जसले आफ्नो पार्टीलाई व्यवस्थित गर्न सक्दैन । पार्टीको अन्तरविरोध ठीक पहिचान गर्न सक्दैन अनि त्यसले समाजको अन्तरविरोध के समाधान गर्न सक्ला रु पार्टीको अन्तरविरोधको मूल कारण खोजी गर्नुहोस् । यो अन्तरविरोध पदको लडाइँ होइन । यो प्रतिष्ठाको लडाइँ होइन ।’

Inside Article Ads

नेता नेपालले अगाडि भने, ‘संघ संगठन विचारको आधारमा बन्छन् । सिद्धान्तको आधारमा बन्छन् । धेरै जनताले चाहने विचार, संगठन हो । आज बहुमत पाएको यत्रो कम्युनिस्ट पार्टी नेकपा ९एमाले० १२१ ठाउँमा जितेकोमा घट्दा घट्दा ८३ मा पुगेको छ । अझै कति घट्ने हो ठेगान छैन’ ।

नेता नेपालले पार्टीमा अनेक खालका विकृति, विसंगति देखिनु नीति, विचार, विधि, आचरणसँग जोडिएका विषय भन्दै यसको ठीक पहिचान गर्नुपर्ने पनि बताए । उनले नेताहरुकै व्यवहारले आपसमा खाडल, दुरी पैदा गरेको टिप्पणी गरे ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.