Fast Nepal News

कोरोनाको बढदो संक्रमणसंगै अपांगता भएकाहरु उच्च जोखिममा, अपांगता मैत्री आइसोलेसन वार्ड बनाउन माग

banner single news

काठमाण्डौं । भाद्र १६ । अपांगता भएका व्यक्तिहरु तथा सरोकारवालाहरुले नेपालमा महामारीको रुपमा फैलंदै गरेको कोभिड १९ को संक्रमीत अपांगता भएका व्यक्तिहरुको उपचारको लागि अपांगता मैत्री आइसोलेसन वार्ड र क्वारेन्टीन बनाउन माग गरेका छन् ।
राष्ट्रिय अपांग महासंघ नेपाल बागमति प्रदेशले आयोजना गरिएको भर्चुयल छलफलका क्रममा उनिहरुले कोरोनाको जोखिमबाट अपांगता भएकाहरुलाई जोगाउन सरकारी ध्यान जानुपर्ने बताएका हुन् ।
राष्ट्रिय अपांग महासंघका बाग्मती प्रदेशका अध्यक्ष अश्बीन लम्सालले कोभिड १९ सँग सम्बन्धित सार्वजनिक सूचना र जनचेतना सामग्रीहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू पहुँच नपुगेको उल्लेख गदै महामारीबाट कसरी बच्चे भन्ने विषयमा अपांगता भएकाहरुले कत्तिपनि जानकारी नपाउनु संक्रमणको दृष्टिले खतरापूर्ण रहेको बताए ।
कोभिडको सन्दर्भमा राष्ट्रिय अपांग महासंघ नेपालले गरेको एक अध्यनन प्रतिबेदन अनुसार ४१.२३५ प्रतिशत अपांगता भएकाहरुले कोभिड १९ र यो माहामारीसँग सम्बन्धित सामान्य जानकारी पनि ज्यादै कम पाएका छन् भने ५.९२५ अपांगता भएकाहरुले त कोरोनाको बारेमा केहि पनि जानकारी पाएका छैनन ।
त्यस्तै कोभिड १९ को संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरूको बारेमा थोरै थोरै मात्र थाहा पाउने वा पुरा जानकारी नपाउने ४२.१८५ छन् भने ६.८८५ लाई यस विषयमा केही पनि थाहा छैन ।
राष्ट्रिय अपांग महासंघ नेपालले कोभिड १९ महामारी अवस्थामा अपाङ्गता भएको व्यक्तिहरु जीवन रक्षाको लागि बिभिन्ब माध्यमबाट राहत लगायत कोरोना संक्रमण र न्यूनिकरणका लागि प्रशारित तथा प्रकाशित जनचेतना तथा जानकारिमुलक सन्देशहरु आम नागरिहरुका लागि विषेश गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गमैत्री अथवा पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) माध्यमबाट सवैको पहुँचमा सुचना सम्प्रसण गर्न केन्द्रीय सरकार, प्रदेश सरकार लगायत स्थानिय तह र अन्य सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।
प्रतिबेदनमा नेपालको जनस्वास्थ्य सुविधा अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयोग्य नभएको, अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण, पारिवारिक तथा सामाजिक समावेशिताको कमी, कमजोर आर्थिक अवस्था, उचित पुनःस्थापना तथा जीविकोपार्जनको अभाव, अपांगता सम्बन्धी बनेका नियम कानुनहरुको उचित कार्यान्वयन नहुनु जस्ता कारणले अपांगता भएका व्यक्ति झनैमर्कामा परेको उल्लेख छ ।
कोरोना महामारीको बिचमा पनि राष्ट्रिय अपांग महासंघ बाग्मती प्रदेशले बिभिन्न बिषयगत क्षेत्रका व्यक्तिहरुसंग भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रवक्ता सुमन घिमिरेले स्वरोजगार कार्यक्रको गाइडलाइन संसोधन गरेर अपांगता भएका व्यक्तिहरुको पहुंच बृद्धि गराउने प्रतिबद्धता व्यक्त गरेको महासंघका बाग्मती प्रदेश अध्यक्ष लम्सालले जानकारी दिए ।
त्यस्तै महासंघ बाग्मती प्रदेशले शिक्षा मन्त्रालयका प्रतिनिधिहरु, स्वास्थ्य मन्त्रालयका बिभिन्न अधिकारी लगायतहरुसंग पनि छलफल गरेको थियो ।
राष्ट्रिय अपांग महासंघ बाग्मती प्रदेशले शनिबार आयोजना गरेको भर्चुयल छलफलमा राष्ट्रिय अपांग महासंघका निवर्तमान आध्यक्ष सुर्दशन सुवेदी, महासंघ बाग्मती प्रदेशका सचिब कृतन श्रेष्ठ दुवाल, कार्यक्रम अधिकृत सिता मल्ल ठकुरी, लगायत बाग्मती प्रदेशका १३ जिल्लाका अपांगता भएका व्यक्तिहरुको फोकल पर्सनहरुको सहभागीता रहेको थियो ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.