Fast Nepal News

मिस लिटिल नेवा: ११४१ आयोजना हुदै

banner single news

काठमाडौं — श्रावण ५, २०७८।

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ को आयोजना हुदैछ । नेप्लिज फेशन होमले बिगत झैँ यस वर्ष पनि मिस लिटल नेवाको कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको हो । लकडाउन सामान्य भएसंगै ट्रेनिङ शुरु हुने फेशन होमले बताएको छ ।

Inside Article Ads

मिस लिटिल नेवा: ११४१ मा ९ देखि १४ बर्ष सम्मका प्रतिभावान नेवार समुदायका साना नानीहरुले सहभागिता जनाउन सकिने छन् । उक्त कार्यक्रममा साना नानीहरुलाई नेवारी भाषा, लिपि, भेषभुषा , संस्कार र संस्कृतिदेखि धेरै ज्ञान हासिल गर्ने थलोको रुपमा स्थापित भएको छ ।

नेप्लिज फेशन होमले बिगत १६ बर्ष देखि मिस लिटिल नेवा: संगै नेवा: समुदायमा बहुचर्चित कार्यक्रम मिस नेवा : कोआयोजना गर्दै आइरहेको छ । त्यसको अलवा मास्टर स्टार जस्ता बालबालिकाका प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा आफूलाई अबल साबित गर्दै आइरहेको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.