Fast Nepal News

नायक संजित भण्डारी निर्देशक खरेलको चलचित्रमा अनुबन्धित

banner single news

काठमाडौँ — श्रावण १, २०७८।

चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र पहिलो सातावाट छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।
पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविल सिंह राजपुत समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।

यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।

Inside Article Ads

चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको र वाँकी कलाकारहरुलाई केही दिन भित्रै छनौट वर्कसप संचालन गर्ने खरेलले बताएका छन् । शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको भदौ पहिलो साताबाट छायाँकन सुरु हुँदैछ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.