Fast Nepal News

पेटोलियम पदार्थको मूल्य बढ्यो

यसवर्ष पेट्रोलियम पदार्थको मूल्य १६ पटक वृद्धि भइसकेको छ

banner single news

प्रकाश कपाली ।काठमाडौ बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ। पेट्रोलियम पदार्थको मूल्य आकासीदै जाँदा उपभोक्ताहरु मर्कामा परेका छन् ‌। यसवर्ष पेट्रोलियम पदार्थको मूल्य १६ पटक वृद्धि भइसकेको छ। पेटोलियम पदार्थको मूल्य पटक-पटक वृद्धि हुनुले धेरै व्यक्तिहरुले असन्तुष्टि जनाएका छन्। उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ता माथि नेपाल आयल निगमले शोषण गरिरहेको बताएका छन्। यसैगरी सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरुलाई सरकारले लिने चर्को कर र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ताहरुले आपत्ति जनाएका छन्। नेपाल आयल निगमले निगम घाटामा रहेको जनाएको छ। नेपाल आयल निगमले १ अर्ब १० करोड ५० लाख घाटामा रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। नेपाल आयल निगम निगम घाटामा रहेको भन्दै हरेक साता पेट्रोलको मूल्य बढाउनु उपभोक्तामाथि शोषण गरेको हो भन्दै उपभोक्ता अधिकारकर्मीहरुले आपत्ति जनाएका छन्। के हरेक साता पेटोलियम पदार्थको मूल्य बढ्नु उचित हो भनेर धेरै उपभोक्ताहरुले गुनासो गरेका छन्। हरेक साता पेट्रोलियम पदार्थको मूल्य बढ्नु एकदम दुखद विषय भएकाले यसमा सम्बन्धित निकायले ध्यान दिनु जरूरि छ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.