Fast Nepal News

रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता। ‌‌

banner single news

प्रकाश कपाली ‌‌ २०७८/०३/०१ गतेका दिन काठमाडौंको वडा नं :११ बबरमहलस्थित कोठा खोज्दै सरस्वती प्रधानको घरमा पुगेका थिए। दिउँसो १.३० बजे साथीसहित कोठा खोज्दै आएका रुपा सुनुवारले आफूलाई कामीकि छोरी भनेर सरस्वती प्रधानलाई भनेका थिए। सरस्वती प्रधानले घरसल्लाह गरेर कोठा दिन्छु भनी रुपा सुनुवारलाई जवाफ दिएका थिए । रुपा सुनुवारले केही समयपछि अर्थात दिउँसो ३.३० बजे सरस्वती प्रधानलाई फोन गरेका थिए। फोनमा कुराकानी गर्ने क्रममा सरस्वती प्रधानले आफूले जातीय भेदभाव नगर्ने र त्यहीपनि आमाले कोठा दिन नमान्नु भएकाले कोठा दिन नसक्ने बताएपछि आफूलाई दलित भएकै कारण कोठा नदिने हो भन्दै रूपा सुनुवार हासेको सरस्वती प्रधानले बताए‌। त्यसको केही समयपछि अर्थात असार ३ गतेका दिन आफूलाई छुवाछुत तथा भेदभाव गर्दै कोठा नदिएको भन्दै सुनुवारले नगरी महानगरीय प्रहरी वृत सिंहदरबारमा साथै छुवाछुत तथा भेदभाव विरुद्ध जाहेरी दरखास्त दिए। छुवाछुत तथा भेदभाव विरुद्ध जाहेरी दरखास्तको दिएको आधारमा प्रहरीले सरस्वती प्रधानलाई पक्राउ गरी थुनामा राखे। त्यसको केही समयपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सरस्वती प्रधानलाई थुनाबाट मुक्त गराई घरसम्म पुर्याउने क्रममा नहुने काम भएको भन्दै सञ्चारकर्मीसँग अन्तर्वार्ता दिएका थिए। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सरस्वती प्रधानलाई थुनामुक्त गराई घरसम्म पुर्याएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु बढेका थिए। सामाजिक सञ्जालमा अहिलेसम्म टिप्पणी भइरहँदा सरस्वती प्रधानले मानवअधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्। उजुरी दिने क्रममा आफूलाई घरधनी भनी जालसाजी गरेको र आफूले कुनै जाती विभेद नगरेको उल्लेख गरेका छन्। आफू घरधनी नभएकाले आफूलाई घरभाडामा राख्ने अधिकार नभएको बताउदै प्रधानले रुपा सुनुवारले आफैंलाई कामी भनेर होच्याएको र कोठा भाडामा जबर्जस्ती राख्न दबाब दिएको बताएका छन्। छुवाछुत तथा भेदभावविरुद्धको उजुरी लगतै प्रहरीले पक्राउ गरी कहिले अनामनगर कहिले सरकारले प्रहरी वृतमा थुनुवाई गर्दा आफूले प्रहरीलाई किन थुनामा राखेको भनेर प्रश्न सोध्दा प्रहरीले छुवाछुत तथा भेदभाव विरुद्धको मुद्दामा अदालतबाट पक्राउपुर्जी जारी भएकोले थुनामा राखेको प्रहरीले बताएको भन्ने विषयलाई प्रधानले राष्ट्रिय मानवअधिकार आयोगमा बताएका छन्। आफूले जाती विभेद नगरेको भए पनि जाती विभेद गरेको भन्दै फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा अनलग प्रचार गर्नुले आफ्नो मानवअधिकार र सम्पत्तिको अधिकार कुण्ठित भएको भन्दै उनले मानवअधिकार आएको उजुरी गरेका छन्। आफुले भेदभाव नगरेपनि भेदभाव गरेको आरोप लगाउने रूपा सुनुवारलाई हदैसम्म कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.