
प्रकाश कपाली। काठमाडौ तीन दिनदेखि लगातार रुपमा भइरहेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बन्न पुगेको छ। लगातार भइरहेको वर्षाले हाम्रो देशका विभिन्न जिल्लाहरु डुबानमा परेका छन्। पानीको बहाव बढेसँगै विभिन्न जिल्ला डुबानमा पर्नुले त्यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी शनिबारसम्म भारी बर्षको सम्भावना रहेको मौसम पुर्वानुमान 





महाशाखाले जनाएको छ। गण्डकी प्रदेशमा अविरल वर्षाका कारण विभिन्न ठाउँमा क्षति भई लुम्बिनी पूर्व-पश्चिम , सिद्धार्थ राजमार्ग सहित अधिकांश सडकहरू अवरुद्ध भएको छ। यसैगरी भारी वर्षाका कारण विभिन्न जिल्लाहरु डुबानमा परेका छन् । जसले गर्दा सम्बन्धित बाढीपहिरो गएका जिल्लाहरुका व्यक्तिहरूको जीवन कष्टकर बन्न पुगेको छ। जिल्लाहरूको हिसाबले हेर्ने हो भने पोखरा र भैरहवामा अत्यधिक मात्रामा वर्षा भएको मौसम पूर्वमा पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी भारी वर्षाको कारण सिन्धुपाल्चोक जिल्ला बढी प्रभावित हुन पुगेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची स्थान डुबानमा परेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा १,००० घर डुबानमा रहेको छ भने ७ जनाको मृत्यु भएको छ। यसैगरी १० जना व्यक्ति बेपत्ता रहेको छ। सिन्धुपाल्चोक मेलम्ची बजारमा आएको पानीको बहाव नरोकिएको कारण सिन्धुपाल्चोक बासी स्तब्ध भएको छ। यसैगरी ४५ घर पूर्णरुपले डुबानबाट क्षति भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रशासन कार्यालयले बताएको छ। यसैगरी मनाङ जिल्लामा तीनदिनदेखि लगातार भइरहेको वर्षाका कारण केही घर डुबानमा पर्नुका साथै त्यहाँको लघुवित गृह भत्किएको छ। मनाङको २०० घर डुबानमा रहेको छ। यसैगरी लमजुङको दादीखोलामा आएको बाढीले हिलेबजारमा १३ घर बगाएको छ। गुल्मीका १२ भन्दा बढी स्थानमा पहिरोको जोखिम रहेको छ। यसैगरी सप्तरीमा भने बाढी पहिरो जोखिमको खतरा नरहेको बताइएको छ। यसैगरी बाँके आसपासका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी पाल्पाको रिन्दीकोटमा पहिरोले घर पुरिदा एकको मृत्यु भएको छ।मनसुन केही दिन सक्रिय रहने भएकाले डुबानमा परेका जिल्लाहरुलाई थप सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लगातार मनसुन सक्रिय भएसँगै आज पनि देशका पहाडी र तराईका विभिन्न क्षेत्रहरुमा हल्का देखि भीषण वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न जिल्लाहरुमा बाढी पहिरो जोखिममा परेपछि यसमा सरकारको प्रतिनिधिहरूको ध्यान गएको छ । यसैगरी विभिन्न दलका शीर्षनेताहरुले बाधिपहिरो ग्रस्त क्षेत्रहरुमा सहयोगका हातहरु अघि बढाउन सबैलाई अपिल गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बाढी ग्रस्त क्षेत्रहरुमा उद्धार तथा राहत कार्यक्रममा सरकारका प्रतिनिधिहरु, राष्ट्रसेवकहरु, सामाजिक अभियन्ता, स्वयंसेवकहरुलाई सहयोगका हातहरु अघि बनाउनको लागि अपिल गर्नुभयो। यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउबाले आफ्ना नेता र कार्यकर्ताहरुलाई उद्धार र राहत वितरणमा खट्नको लागि निर्देशन दिनुभयो। नेकपा-माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाढी पहिरोले ग्रस्त क्षेत्रहरुमा जनताको सेवामा खट्नको लागि निर्देशन दिनुभयो । विभिन्न राजनीतिक दलका नेताहरुले बाढी पहिरोग्रस्त क्षेत्रहरुमा उद्धार तथा राहत वितरण कार्यमा सहयोगका हातहरु अघि बढाउने निर्णय गरेको छ। राष्ट्रसेवकहरु उद्धार र राहत वितरण कार्यमा निरन्तर रुपमा लागिरहेको छ। यसैगरी विश्वभरि फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै बाढी पहिरोग्रस्त क्षेत्रहरुमा उद्धार र राहत वितरणमा सरकारले विशेषरुपमा ध्यान दिनु अति नै आवश्यक छ ।
