Fast Nepal News

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

२९८ जना काठमाडौं उपत्यकामा संक्रमण

banner single news

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.