Fast Nepal News

रोल्पाको नुवागाउँमा अत्याधुनिक हतियारका गोली फेला

banner single news

रोल्पा — ९ जेष्ठ

रोल्पा, रोल्पाको दक्षिण भेगमा ठूलो मात्रामा अत्याधुनिक हतियारको गोली भेटिएको छ । प्रहरीले अत्याधुनिक हतियारलाई चाहिने गोली नुवागाउँको रामपुर नजिकैको जंगल छेउको बाँसघारीमा लुकाइराखेको अवस्थामा शनिबार नुवागाउँमा  भेटिएको जनाएको छ ।

सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाको आधारमा परिचालित भएको प्रहरीले त्रिवेणी गाउँपालिका–२ नुवागाउँको रामपुर गाउँ नजिकै रहेको बाँस घारीमा लुकाइएको अवस्थामा प्लास्टिकको पोकामा ती हतियारका गोली फेला पारेको जनाएको छ । प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले उक्त पोकाभित्र अत्याधुनिक हतियारका लागि चाहिने गोली भएको पुष्टि गरे । ‘सूचना पाएपछि सुरक्षाकर्मी त्यहाँ पुगी खोज्दा पोका गोली राखेर खोल्सामा लुकाइएको अवस्थामा फेला पारिएको हो,’ उनले भने ।

डीएसपी सुवेदीका अनुसार फेला पारिएका हतियारमा एम–१६ हतियारको गोली १ थान, एसएमजी हतियारको २३ थान गोली र एलएमजी हतियारको गोली १ थान गरी २५ थान गोली फेला परेको हो । यस्तै ७.६२ एमएम म्याग्जिनको २ सय ८ राउण्ड गोली, एके ४७ म्याग्जिनको ७ सय ५२ साउण्ड गोली र ९ एमएम को १० राउण्ड गोली समेत फेला पारिएको हो । बरामद हतियार हालसालै लुकाइएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Inside Article Ads

प्रहरीका अनुसार प्रहरीले उक्त स्थान आसपास सर्च अभियान समेत चलाएको छ । उक्त स्थान नजिकै नेपाली सेनाको गुल्म छ । तत्कालीन माओवादी लडाकुको पाँचौ शिविर रहेको दहवनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले समेत सर्च गरेको थियो । रामपुर गाउँ नजिकको जंगलमा गत वैशाख पहिलो सातामा भिषण आगलागी भएको थियो । आगलागीमा परी नुवागाउमा ३२ घरसहित कम्तीमा ५० वटा घर जलेर नष्ट भएका थिए । प्रहरीले उक्त घटना आसपास पहिले नै घरहरुमा कसैले लुकाएर राखेकोमा आगलागी नभएको जंगलमा पुन: लुकाएको आशंका गरेको छ । आगलागीबाट थुप्रै सामुदायिक वन जलेर नष्ट भएका थिए ।

शान्ति प्रक्रियापछि रोल्पामा थुप्रै स्थानमा ठूलो मात्रामा हतियार, गोली र बम समेत बरामद गरिएको छ । फेला पारिएका हतियार र गोलीगट्टा सशस्त्र द्वन्द्वको अवधिमा सरकारी र विद्रोही पक्षले प्रयोग गर्न जम्मा गरेको आशंका गरिएको छ । रोल्पाको कुरेलीमा अतिल्लो वर्ष ठूलो संख्यामा फेला पारिएका हतियार नेपाली सेनाको हेडक्वार्टरबाट आएको टोलीले बरामद गरी लिएको थियो ।

( आजको कान्तिपुर दैनिकमा )
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.