Fast Nepal News

कोरोना कहरमा राजनैतिक नाटकको मञ्चन

प्रकाश कपाली

banner single news

विश्व महामारीका रूपमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलीरहँदा दिनप्रतिदिन नेपाली जनताहरुले कोरोनाका कारण आफ्नो अमूल्य जीवनको मृत्युको दोसा रहेका ‌ आम नागरिकको जीवन रक्षा गर्नलाई नेपाल सरकार र विभिन्न राजनैतिक दलका नेताहरु एकजुट भएर लाग्नुपर्ने अवस्थामा देशमा यस्तो कोराना कहरमा पनि नेपाली जनताहरु राजनैतिक मञ्चन हेर्न विवश हुनु परेको छ‌। कोरोना भाइरस का कारण कतिपय नागरिकहरू रोग र भोक दुवैले ग्रसित हुनुपरेको अवस्था छ ‌। त्यस्तो अवस्थामा पनि सरकार जनताको जीवन रक्षा भन्दा स्वार्थपूर्तिमा लिप्त भएको देखिन्छ। स्वार्थपूर्तिमा लिप्त भएको यो सरकारले जनताको हकहितको रक्षा गर्नुभन्दा सत्ताको रक्षामा तल्लीन भएका विभिन्न दलका नेताहरुले जनताको जीवन रक्षाको विषयमा ध्यान दिएको पाइँदैन। जनताकै सेवा गर्न चुनेर पठाएका जनप्रतिनिधिहरुले जनताकै सेवाकोलागि अग्रसर नभई पदका लागि गरेको राजनैतिक‌ दौडधुप अमर्यादित कार्य हो। राजनैतिक विशेष सन्दर्भलाई यसो हेर्ने हो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादालाई भुल्दै प्रधानमन्त्री ओलीको स्वाथी को सारथी बनु र पटक पटक संसद बिघटन गर्दै असंवैधानिक कार्य गर्नु र देशलाई मध्यावधि निर्वाचन को मार्गतर्फ लैजानु आफैंमा गलत कार्य हो। पौष ५ गते संवैधानिक रुपमा भएको संसद् विघटनले मचाएको राजनैतिक तरंगको सिकार नेपाली जनता बन्नु परेको थियो ‌। त्यसैगरी जेठ ६ गते मध्यरातमा गरेको असंवैधानिक संसद विघटन लोकतन्त्रमाथिको प्रहार हो। प्रत्येक नेपाली नागरिकहरूले एकजुट भएर असंवैधानिक संसद विघटनको बिरोध गर्दै सरकारलाई निरन्तर खबरदारी गर्नुपर्छ ‌। नेपालमा भएको राजनैतिक मञ्चनले अन्यायको सीमा नाघिसकेको कारण संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाकालागि नागरिक समाज,बुद्धिजीवी, संचारमाध्यम आदिको भूमिका महत्वपूर्ण रहेकोले नागरिकको हक हितको रक्षा को लागि संविधानको प्रत्याभूति गर्नका लागि निरन्तर रुपमा आवाज बुलन्द गर्नुपर्छ। आज वर्तमान समय कोरोनाभाइरसको तीव्र महामारीका कारण विश्व आक्रान्त भइरहँदा नेपालमा फैलिरहेको कोरोना भाइरसको कारण यसबाट आक्रान्त रहेकोले सबैजना एक भएर कोरोना भाइरसको महामारीलाई पराजित गर्दै राजनैतिक रुपमा भैरहेको मञ्चन असंवैधानिक कार्यका विरुद्ध सबै एकजुट भएर राष्ट्रियता ,स्वाधीनता, अखण्डता र संविधानको रक्षा गर्नु अति नै आवश्यक देखिन्छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.