Fast Nepal News

ई -सेवासँगको सहकार्यमा रिचार्जरले अक्सिमिटर ९९९ मा नि:शुल्क डेलिभरी गर्ने

banner single news

काठमाडौं, वैशाख २९

काठमाडौं, ई – कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यमा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने भएको हो ।

पल्स अक्सिमिटर ९९९ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए।

Inside Article Ads

कोरोना संक्रमण तिब्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको रिचार्जरले जनाएको छ ।यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैंयामा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैंयामा, सर्जिकल मास्क ५ रुपैंयामा, के ९५ मास्क १५ रुपैंयामा, कोरियन मास्क ३५ रुपैंयामा, फेस शिल्ड ५५ रुपैंयामा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । त्यसै गरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैंया, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रुपैंयाका साथै थर्मल गन ९९९ रुपैंयामा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.