Fast Nepal News

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, अपि पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीका आजसम्मका सेयरधनीले एक बराबर ण्.२९३८ को अनुपातमा हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् ।

आज वैशाख २८ गते बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीको हकप्रद सेयरमा आवेदन गर्न आजसम्म सेयरधनी कायम हुनुपर्ने छ । कम्पनीले कुल चुक्ता पुँजीको २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Inside Article Ads

हकप्रद निष्कासनको अनुमति माग्दै फागुन ९ गते आवेदन दिएकोमा वैशाख १९ गते धितोपत्र बोर्डले हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

जसअनुसार कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजारर कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउन चाहिने पैसा जुटाउन हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.