Fast Nepal News

काठमाण्डाै उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ

banner single news

वैशाख, काठमाडौं । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको हाे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।

डीसीसीएमसीले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यक्ता अनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने ,काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने ,कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने निर्णय , द्रूत प्रतिकार्य समूह गठन गरेर तयारी अवस्थामा राख्ने
र अनुगमन प्रभावकारी बनाउने , उपत्यकामा कोभिडविरुद्धको खोप अभियान चलाउन सबै वडा कार्यालयमा निश्चित समय तोकेर जेठ २ गतेदेखि भीडभाड नहुने गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

Inside Article Ads

सााथै टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन दायरा र क्षमता बढाउन महानगरपालिकालाई चाहिने आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.