
२५ वैशाख, काठमाडौं । वैशाख २७ गतेको विशेष अधिवेशनमा बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।
बैठक शनिबार दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो ।
