Fast Nepal News

दुई दिनमा ५९ आन्तरिक उडान, १०४ जनाको उद्धार

banner single news

काठमाडौं, बैशाख २५

कोरोनाको दोस्रो लहर फैलिएका कारण आन्तरिक उडान बन्द भएपछि ५९ वटा उडान भएका छन् । सरकारले यही वैशाख २२ गते रातीदेखि भारत बाहेकका सबै अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान रोकेको थियो ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकेपछिको दुई दिनमा ५९ वटा आन्तरिक उद्धारका उडान भएका हुन् । वैशाख २३ र २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोेखरा र लुक्ला विमानस्थलमा ती उडान भएको बताइएको छ ।

Inside Article Ads

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११ वटा बिरामीको उद्धार र २२ वटा यात्रु उद्धारसहित ५९ वटा उडान भएको बताएको हो । उडानबाट १०४ जनाको उद्धार गरिएको मन्त्रालयको भनाई छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.