Fast Nepal News

निजी क्षेत्रका छाता संगठनको एकै स्वर – निषेधाज्ञामा कर तिर्न सक्दैनौं, समय थप्नुपर्छ

banner single news

काठमाडौं, वैशाख २३

काठमाडौं, नेपालका निजी क्षेत्रका सबै छाता संगठनले एकै स्वरमा निषेधाज्ञामा कर तिर्न नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शले निषेधाज्ञामा कर तिर्न नसक्ने बताएका हुन् ।

आन्तरिक राजश्व विभागले सरकारले कुनै निर्णय नगरेमा जेठ २५ गतेसम्म व्यवसायीले कर बुझाउनुपर्ने बताइसकेको छ । अन्यथा, कानुन बमोजिम जरिवाना लाग्ने विभागको भनाई छ ।

खासगरी, चैत महिनाको कारोबारको मूल्यअभिवृद्धि कर वैशाख महिनाको २५ गतेभित्र बुझाउनुपर्छ । त्यसैले विभागले चैतको कारोबार रकमको कर तिर्न भनिरहेको छ ।

विभागको चेतावनीसहितको आग्रहपछि व्यवसायीक छाता संगठनले विज्ञप्ती जारी गर्दै कर तिर्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले भनेका छन्, ‘निषेधाज्ञामा अत्यावश्यक वस्तुबाहेकका सबै कारोबार ठप्प छन् । यस्तो समयमा कर र करको विवरण बुझाउन सक्दैनौं ।’

Inside Article Ads

उद्योग वाणिज्य महासंघले अघिल्लो वर्षको लकडाउन खुलेपछि बल्ल तंग्रिन लागेको व्यापार व्यवसाय फेरी जटिल अवस्थामा पुगेको बताएको छ। यस पटकको निषेधाज्ञाले तंग्रिन सुरु गरेको व्यवसाय फेरि समस्यामा परेकाले अहिलेको स्थितीमा कर तिर्न नसक्ने बताएको छ।

यसैगरी, उद्योग परिसंघले पनि देशका झण्डै ६० जिल्लामा निषेधाज्ञा लागेकाले ७० प्रतिशतभन्दा बढी जिल्लाको कारोबार ठप्प भएको बताएको छ । उसले औद्योगिक उत्पादन पनि ठप्प प्राय भएकाले कर तिर्ने समय थप गर्नुपर्ने बताएको छ ।

चेम्बर अफ कमर्शले कर तिर्न अनलाईन प्रविधि भएपनि सबै ठाँउमा सम्भव नभएको बताएको छ । सबैप्रकारका गतिविधि ठप्प हुँदा कार्यालय पनि बन्द भएकाले कर तिर्न सम्भव नभएको चेम्बरको भनाई छ ।

सरकारले अघिल्लो पटकको लकडाउनमा कर तिर्ने समय वर्षसम्मको लम्ब्याएको थियो । यसपटक पनि सोहीप्रकारको सुविधा चाहिने व्यवसायीको माग छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.