Fast Nepal News

आईपीएल रद्द भएपछि बीसीसीआईलाई २ हजार करोड घाटा

banner single news

काठमाडौं, वैशाख २२

काठमाडौं, विश्वप्रसिद्ध क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) रोकिएको छ । आईपीएल रोकिँदा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई दुई हजार करोड भारु नोक्सान भएको छ ।

आईपीएल सञ्चालन हुँदा बीसीसीआईको सबैभन्दा ठूलो कमाई खेलको प्रत्यक्ष प्रसारणबाट हुने गर्छ । खेल रोकिँदा प्रत्यक्ष प्रसारण देखाउन नपाईने हुँदा त्यो कमाई गुमेको हो ।

बीसीसीआईले आईपीएलको प्रत्यक्ष प्रसारणको जिम्मा स्टार स्पोर्टसलाई दिएको छ । कम्पनीसँग कुल पाँच वर्षको सम्झौता भएको छ । यसअवधिमा आईपीएलको प्रत्यक्ष प्रसारण गरेबापत बीसीसीआईलाई स्टार स्पोर्टसले १६ हजार ३४७ करोड बुझाउनुपर्ने छ ।

Inside Article Ads

जसअनुसार स्टार स्पोर्टसले वार्षिक ३ हजार २६९.४ करोड बुझाउनुपर्छ । त्यसैले आईपीएल खेल दर्शकविनै चलेपनि बीसीआईलाई घाटा थिएन । तर, कोरोना महामारीका कारण रोकिँदा दुई हजार करोड घाटा भएको हो । केही खेल सञ्चालनमा आएको हुँदा पुरै घाटा भने नभएको बताइएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.