Fast Nepal News

निषेधाज्ञामा कर तिर्न आन्तरिक राजश्व विभागको निर्देशन

banner single news

काठमाडौं, वैशाख २१

काठमाडौं, निषेधाज्ञा अवधिमा कर नतिर्नेलाई जरिवाना गर्ने आन्तरिक राजश्व विभागले जानकारी दिएको छ । विभागले सरकारले कुनै निर्णय नगरेको अवस्थामा कर नतिर्नेलाई जरिवाना गर्ने बताएको छ ।

अनलाईन माध्यमबाट कर तिर्न सकिने व्यवस्था भएकाले अनलाईन बाटै तिर्न विभागले करदातालाई निर्देशन दिएको छ । चैतको मूल्यअभिवृद्धि कर (भ्याट) वैशाख २५ गते भित्र तिर्नुपर्ने हुन्छ ।

Inside Article Ads

यद्यपी, सरकारले कर तिर्ने समय थप गरेको अवस्थामा विभागले सोही अनुसार निर्णय लिने बताइएको छ । अन्यथा करदातालाई जरिवाना लाग्ने महानिर्देशक झक्कप्रसाद आचार्यले बताए ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.