Fast Nepal News

उपभोक्ता ठग्ने उद्योगलाई तीन लाख जरिवाना

banner single news

काठमाडौं, वैशाख २०

काठमाडौं,  तोकिएकोभन्दा कम तौल राखेर उपभोक्ता ठग्ने चितवनको नेपाल वेलहोप एग्रो टेक प्राली कारबाहीमा परेको छ ।

एग्रोले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित विजय ब्राण्डको पेलेट दाना उत्पादन गर्दै आएको छ ।

एग्रोले उत्पादन गर्ने दाना तोकिएको परिणामभन्दा कम तौलका दाना बजारमा पठाउँदै आएको थियो । बजार अनुगमनका क्रममा तोकिएको तौलभन्दा कम तौल पाइएपछि विभागले कम्पनीलाई कारबाही गरेको हो ।

Inside Article Ads

भरतपुरका कुखुरा पालक किसान मनोज बोहोराले किनेको कम्पनीको ५० किलो बोराको दाना तौलभन्दा कम पाइएको थियो । सोहीकारण, उनले विभागमा उजुरी गरेपछि कम्पनी कारबाहीमा परेको हो ।

विभागले उक्त कम्पनीलाई तीन लाख रुपैयाँ नगर जरिवाना गरेको हो ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.