Fast Nepal News

जीडीपीमा बढ्यो सेवा क्षेत्रको योगदान

banner single news

काठमाडौं, वैशाख १९

काठमाडौं, सरकारले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सेवा क्षेत्रको योगदान बढेको बताएको छ । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सेवा क्षेत्रको योगदान ४.४३ प्रतिशतले बढेको बताएको हो ।

विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार सेवा क्षेत्रको योगदान बढेसँगै जीडीपीमा यस क्षेत्रको कुल हिस्सा ६१.१ प्रतिशत पुगेको बताएको छ ।

Inside Article Ads

यद्यपी, चालू वर्षमा कोरोना महामारीका कारण आवास, भोजन र यातायात क्षेत्र प्रभावित बनेको छ। सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको जीडीपी ४.०१ प्रतिशतले बढ्ने संशोधित अनुमान गरेको छ ।

यस अनुमानसँगै विभागले जीडीपीमा सेवा क्षेत्रको योगदान बढेर ६० प्रतिशतभन्दा माथि पुग्ने बताएको हो। यसैगरी, चालू वर्ष कृषि र औद्योगिक क्षेत्रको योगदान समेत बढ्ने देखिएको छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.