Fast Nepal News

पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

banner single news

काठमाडौं, बैशाख,१९

काठमाडौं, पत्रकारका सवारी साधानलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ । प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाई गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो ।

अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ । खासगरी, काठमाडौंमा छापाखाना सम्बन्धि काम गर्ने प्रेसहरुले प्रेस लेखेको कार्ड बनाउन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

Inside Article Ads

यसैगरी, काठमाडौंका हरेक गल्लीमा प्रेस लेखेका पहेलो रंगका ज्याकेट बिक्रीमा राखिएको छ । ती ज्याकेट किनेर अन्य मानिसले दुरुपयोग गरेपछि सूचना विभागको कार्ड अनिवार्य गर्नुपरेको सीसीएमसीले जानकारी दिएको छ ।

उपत्यका बाहिरका जिल्लाको हकमा भने सम्बन्धित जिल्ला अधिकारीले जारी गरेको प्रेस पासका आधारमा समाचार संकलनमा जान पाइन्छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.