
काठमाडौं, वैशाख १६
काठमाडौं, यातायात व्यवस्था कार्यालयले आफ्ना सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अर्को सूचना जारी नभएसम्म सबै सेवा बन्द गरेको बताएको हो ।
जसअनुसार सवारी चालकको अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा, नयाँ सवारी दर्ता, सवारी चालकको वर्ग थप र राजश्व संकलनको काम बन्द भएको छ। कार्यालयले कोरोनाको दोस्रो लहरबाट बच्नलाई सबै सेवा बन्द गरेको जानकारी दिएको छ।
