Fast Nepal News

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो

banner single news

काठमाडौं, भदौ १३ – नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।

यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.