Fast Nepal News

लमजुङमा तिन हजार ६ सय ६८ जनाले दोस्रो कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

banner single news

लमजुङ, बैशाख १४

लमजुङ, कोभिड १९ विरुद्ध खोप अभियान अन्तरगत लमजुङमा तिन हजार ६ सय ६८ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । लमजुङमा यहि बैशाख ८ गतेदेखि ११ गते सम्म सञ्चालन भएको कोभिड १९ विरुद्ध दोस्रो मात्राको खोप लगाउने अभियानमा सो संख्यामा खोप लगाइएको हो ।

जिल्लामा गत माघ १४ गतेदेखि २४ गतेसम्म र फागुन २ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको खोप अभियानमा पहिलो मात्रा खोप लिएका ३ हजार ९ सय ४२ जनालाई दोस्रो मात्र खोप लगाउने लक्ष्य लिएकोमा ३ हजार ६ सय ६८ ले मात्र खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय लमजुङका कोभिड १९ खोप सम्पर्क व्यक्ति यम वरालका अनुसार जिल्लाका आठ वटा स्थानीय तहमा सञ्चालन भएको खोप अभियान अन्र्तगत बेसीशहर नगरपालिकामा १ हजार २ सय ८९ जनाले दोस्रो मात्र खोप लिएका छन् । त्यस्तै सुन्दरवजार नगरपालिकामा ६ सय ७०, मध्यनेपाल नगरपालिकामा ६ सय २० र राईनास नगरपालिकामा २ सय ७९ जनाले खोप लगाएका छन् ।

Inside Article Ads

यसैगरी मर्स्याङदी गाउँपालिकामा २ सय ४१, दोर्दीमा २ सय १५, क्होलासोँथारमा १ सय ९८ र दुधपोखरी गाउँपालिकामा एकसय ५६ जनाले दोस्रो मात्र खोप लगाएका छन् । खोप सेवा प्रवाहका लागि क्होलासोँथार गाउँपालिकामा एउटा र अन्य सात स्थानीय तहमा दुई÷दुईवटा खोप केन्द्र गरी जिल्लाभर १५ वटा खोप केन्द्र कायम गरिएको थियो । अभियान अन्र्तगत ८ र ९ गते जिल्लाका सवै खोप केन्द्रबाट खोप सेवा प्रदान गरिएको थियो भने सो समयमा खोप लगाउन छुट भएकालाई १० र ११ गते बेसीशहरस्थित खोप केन्द्रबाट खोप सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप अभियानमा पहिलो मात्रा खोप लगाएकालाई खोपकार्डको आधारमा खोप दिइएको खोप सम्पर्क व्यक्ति वरालले वताउनुभयो ।

पहिलो मात्रा खोप कोरोना रोकथाममा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वस्थ्य स्वयंसेविका, कैदिवन्दी वृद्धवृद्धा, स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, न्याय सेवाका कर्मचारी बैंक तथा वित्तिय सस्थांका कर्मचारी प्राधिकरण तथा सस्थानमा कार्यरत कर्मचारी, पत्रकार लगायतलाई दिइएको थियो ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.