Fast Nepal News

पूर्वी नेपालमा अक्सिजनका ५ ठूला उद्योग, सिलिन्डर अभाव

banner single news

काठमाडौं, वैशाख १४

काठमाडौं, कोरोना भाइरसको नयाँ भेरिन्ट फैलिरहँदा संक्रमितलाई अनिवार्य अक्सिजन चाहिने देखिएको छ । कुल संक्रमितमध्ये २० प्रतिशतलाई अक्सिजन चाहिने भारतको पछिल्लो. अवस्थाले देखिएको छ ।

खुला सिमाना भएको छिमेकी मुलुक भारतमा भयावह अवस्था भइरहँदा नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्न थालिएको छ । नेपालमा पनि पर्याप्त मात्रामा अक्सिजन आपूर्ति हुन नसक्ने उद्योगी/व्यवसायी नै बताउँदै आएका छन् ।

तर, पूर्वी नेपाल अर्थात प्रदेश १ मा भने पर्याप्त मात्रामा अक्सिजनका उद्योग सञ्चालनमा छन् । प्रदेश १ का मोरङ र सुनसरीमा मात्रै पाँच वटा ठूला अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्दै आएका छन् ।

Inside Article Ads

यसैगरी, प्रदेशका अन्य अस्पतालले आफुलाई चाहिने अक्सिजन आँफै उत्पादन गर्दै आइरहेका छन् भने एक सरकारीसहित पाँच अस्पतालले प्लान्ट बनाउँदै छन् । यद्यपी, नेपालमा अक्सिजनभन्दा बढी सिलिन्डर अभाव हुन सक्ने देखिएको छ ।

उद्योगीहरुले सिलिन्डरको अभाव पूर्ति गर्न सकेमा अक्सिजनको आपूर्ति थप सहज हुने बताउँदै आएका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.