Fast Nepal News

सगरमाथा आरोहणलाई अहिलेसम्मकै धेरै अनुमति

banner single news

काठमाडौं – बैशाख १२

काठमाडौं, कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालको पर्वतारोहणले भने नयाँ इतिहास रचेको छ । सङ्क्रमणकै अवस्थाबीच वसन्तयाममा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ ।

आरोहण अनुमति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले यस्तो अनुमति लिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणका लागि अनुमति पाएका थिए ।

सगरमाथा शिखरमा लामबद्ध आरोहीको तस्बिरले त्यतिबेला विश्वभर नै चर्चा पाएको थियो । सन् २०२० को वसन्तयाममा भने कोरोना सङ्क्रमणको कारण देखाउँदै आरोहण अनुमति स्थगित गरिएको थियो ।

Inside Article Ads

विभागका अनुसार यस वर्ष आरोहण अनुमति लिनेमध्ये ३०३ जना पुरुष, ९० जना महिला र एक जना अन्य समूहका व्यक्ति रहेका छन् । कुल ४२ वटा आरोहण दललाई विभागले अनुमति दिएको जनाएको छ ।

सगरमाथा आरोहणको अनुमति दिएबापत विभागले ४७ करोड ७७ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ । यो पनि अहिलेसम्मकै सर्वाधिक हो । सगरमाथा आरोहणकै लागि यतिबेला आरोहीसहित गाइड, भान्सेसहित करिब ९५० जना सगरमाथा आधार शिविरमा उपस्थित छन् ।

गोरखापत्र दैनिकबाट

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.