Fast Nepal News

तीन नगरपालिकामा राप्रपाको नेतृत्व सम्हाल्दै महिला

banner single news

झापा – बैशाख १२

झापा, राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला झापाको तीन प्रमुख नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्षमा महिला निर्वाचित भएका छन् ।“अरु राजनीतिक दल भाषण र कागजमा मात्र समावेशीका कुरा गर्छन्”, पार्टीका जिल्ला सचिव ओझाले भन्नुभयो, “हामीले व्यवहारमै पार्टीमा महिलालाई नेतृत्व तहमा पु¥याएका छौँ ।” हरेक समितिमा ३३ प्रतिशतभन्दा ज्यादा महिलाको सहभागिता सुनिश्चित गरिएको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला सचिव केशव ओझाका अनुसार मेचीनगर, विर्तामोड र भद्रपुर नगर समितिका अध्यक्षमा क्रमशः सविना बजगाई, रञ्जु प्याकुरेल र राधा कार्की चयन भएका हुन्। झापामा १५ स्थानीय तह छन् । राप्रपा आगामी महाधिवेशनका लागि पालिका तहसम्मै सङ्गठनलाई पुनर्गठन र बलियो बनाउने अभियानमा लागिरहेको उनको भनाई थियो । यसअघि ती तीनवटै नगरमा पार्टीको नगर समितिको अध्यक्ष पदमा पुरुष थिए । मुलुकभरमा सो पार्टीले प्रतिनिधिसभाको गत निर्वाचनमा झापाबाटै मात्र एक सिट जितेको थियो ।

निर्वाचन क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्य हुन् । पार्टीले गत स्थानीय तहको निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गरी तीनवटा पालिकाका अध्यक्ष जितेको थियो । पुरुषसँगको प्रतिस्पर्धाबाटै आफू पार्टी नेतृत्वका लागि निर्वाचित भएर आएको मेचीनगरका राप्रपा अध्यक्ष बजगाईँले बताइन् । पार्टीको नेतृत्व तहमा आउन उनले अरु महिलालाई समेत आह्वान गरेकी छिन् ।

“महिलाले इमान्दार र कुशलतापूर्वक पार्टीको नेतृत्व गर्छन् भन्ने विश्वासका साथ मलाई अधिवेशनबाट चयन गरिएको हो”, उहाँले अनुभवसमेत सुनाउँदै भनिन्, “म पहिलेदेखि नै सामाजिक सेवाको क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गरिरहेको र पार्टीको पनि पहिलो पङ्क्तिमै बसिसकेको हुँदा नगर अध्यक्षको जिम्मेवारी सम्हाल्न गाह्रो लागेको छैन ।”

Inside Article Ads

गत स्थानीय निर्वाचनमा बजगाईँ मेचीनगर र कार्की भद्रपुर नगरपालिकाका उपप्रमुख पदमा उम्मेदवार भएका थिए । प्याकुरेल विर्तामोडको नगर सदस्य पदमा उम्मेदवार थिए। जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला नै अध्यक्ष हुँदा सङ्गठन विस्तारमा सघाउ पुग्ने राप्रपा विर्तामोडका नवनिर्वाचित अध्यक्ष प्याकुरेल बताउछन् ।

“आफ्नो पार्टीलाई अरुभन्दा अब्बल र जनमुखी बनाउने लक्ष्य लिएकी छु”, प्याकुरेल भन्नुहुन्छ, “हिन्दू राज्य र संवैधानिक राजसंस्था पार्टीको मुख्य एजेण्डा हो, यी कुरा जनतालाई बुझाउन अब हामी घरघर पुग्छौँ ।” गणतन्त्रमा समान अधिकारको कुरा आए पनि नेपाली महिलाले अझैसम्म चुलोचौकामै सीमित हुनुपरेको बेला राप्रपाले तीन नगरपालिकामा पार्टीका अध्यक्ष पदमा महिलालाई नै पु¥याउनु उदाहरणीय भएको राप्रपाका केन्द्रीय सदस्य माया गुरुङले बताए ।

“म पञ्चायतकालमै उपप्रधानपञ्च निर्वाचित भइसकेकी हुँ”, केन्द्रीय सदस्य गुरुङले भने, “आजको युगमा महिलाले पुरुषको शासनमा खुम्चिएर बस्नु हुँदैन । हरेक पार्टीको अध्यक्ष मात्र होइन, स्थानीय तहको प्रमुख पदमै अब महिलालाई पु¥याउनु जरुरी छ ।” रासस

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.