Fast Nepal News

थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

banner single news

काठमाडौं, भदौ १२ – पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ३३४ महिला र ५९३ पुरुष गरेर २४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १० हजार २२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

Inside Article Ads

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८ हजार ११० पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.