Fast Nepal News

पद्मजा कार्कीको डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक (भिडियोसहित)

banner single news

काठमाडौं — वैशाख १२, २०७८।

‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फकी विजेता पद्मजा कार्कीको पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक भएको छ।

रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको ‘सुन हैन’ बोलको उक्त गितमा पद्मजा कार्कीको स्वरसंगै अन्य ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुले समेत आवाज भरेका छन। उक्त गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फका विजयी प्रतियोगीहरुको अभिनय देख्न सकिन्छ।

काठमाडौंको बसुन्धरामा रहँदै आएकी पद्मजाले बुढा्निलकण्ठ स्कूलबाट क्याम्ब्रिज ए-लेवल ग्र्याजुएसन पुरा गरेकी छिन। त्यसैगरी २०७४ सालको एसईई बोर्ड परिक्षामा बुढानिलकण्ठ स्कूल टप(गर्ल्स तर्फबाट) गरेकी थिईन। साथै बुढानिलकण्ठ स्कूलले संचालन गरेको एनुअल ट्यालेन्ट शो मा सिनियर ग्रुप तर्फबाट थर्ड पोजिसन प्राप्त गरेकी थिईन।

Inside Article Ads

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले आफ्नो अफिसियल युट्युव च्यानलमा ल्याएको छ ।

भिडियो —

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.