Fast Nepal News

कविता – “नारी”

प्रतिज्ञा चापागाईं कक्षा - ७ पद्मकन्या विद्याश्रम मा.वि.,

banner single news

प्रतिज्ञा चापागाईं देशका लागि नारीहरुले धेरै योगदान गरिसके ।
देशका लागि लड्दालड्दै कति नारी मरिसके ।।

आधा आकाश ढाक्ने अनि सृष्टिलाई धान्ने नारी ।
नारीले नै समाजमा परिवर्तन गरिसके ।।

पुरुषले दबाएर घरमै सिमित राख्दा पनि ।
नारीहरु सचेत भई धेरै माथि सरिसके ।।

महिलाको नाम बेची ठुलो बन्छु भन्दै हिंड्दा ।
आफैले खनेको खाडल भित्र कैयौं पुरुष परिसके ।।

Inside Article Ads

कर्तव्यको अर्थ बुझी सच्चा कर्म गर्दै जाँदा ।
संसारभरी नारीले नै सदभावकाे बीउ छरिसके ।।
– – – समाप्त – – –

– प्रतिज्ञा चापागाईं,
कक्षा – ७
पद्मकन्या विद्याश्रम मा.वि., डिल्लीबजार, काठमाडौं ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.