Fast Nepal News

श्री पञ्चकन्या आधारभूत बिधालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

banner single news

शैक्षिक सामाग्री हस्तान्तरण सिन्धुपाल्चोक- इन्द्रावती २ कुञ्चोक कुडारे मा रहेको श्री पञ्चकन्या आधारभूत बिधालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

एउटै पेशा र ब्ववसाय क्षेत्रमा आवद्ध भएका युवाहरुद्धारा स्थापना देखिनै निरन्तर सामाजिक सेवामा लागेको मर्सील्याण्ड नेपाल चावहिल काठमाडौको पहलमा आयोजित “सह यात्रा संघ-संघै” मुल नाराका साथ साना साना बालबालिकाहरूको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल पोषाक झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री वितरण गरिएकाे हो।

मकाउबाट हालै स्वदेश फर्कनु भई देशलाई र आफ्नो स्थानीय क्षेत्रलाई केहि गर्नु पर्छ भन्ने अभिलासाका साथ लामो समयदेखि सोही विद्यालयलाई सहयोग पु¥याउदै आउनु भएको स्थानीय समाजसेवी श्याम बहादुर गिरी साथै स्थानीय समाजसेवी हरि बहादुर गिरीको विशेष पहल तथा स्थानीय युवा समाजसेवी मेख बहादुर गिरीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरीएको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शिवलोचन पराजुलीले आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने अवस्थासमेत छैन् । पढ्ने मन हुँदाहुँदै आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्य हो। हाम्रो यस अभियानमा हातेमालो गरेकोमा सहयोगी मनलाई धन्यवाद सहित आभार आभार प्रकट गरेका छन। यो हामीले सकारात्मक सोँचका साथ चलाइएको शिक्षा अभियान हो,आगामी दिनमा पनि बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने समेत पराजुलीले प्रतिवद्दता जाहेर गरे।

Inside Article Ads

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष वीर बहादुर तामाङले यस्तो प्रकारका कार्यक्रमले साना बालबालिकाहरुको मस्तिकमा विद्यालय जाने बानीब्योहोरामा सकारात्मक सन्देश जाने र विद्यालय नियमीत आउने बातावरण सिर्जना हुने बताउनु भयो र अन्य विद्यालयमा समेत यस्ता कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो । विद्यालयका अध्यक्ष सुरेन्द्र गिरीले आगामी दिनहरुमा समेत विद्यालयलाई सहयोग जारी राख्न आग्रह गर्नुभयो । संस्थाका सचिव नवराज आचार्यले संस्थाका गतिविधी बारे प्रकाश पार्दै संस्थाका आगामी कार्यक्रमको वारेमा समेत जानकारी दिनु भएको थियो ।कार्यक्रममा वडा नं २ का वडा सदस्य शेर्पा गिरी स्थानीय समाजसेवी दीपक गिरी,मान बहादुर गिरी लगायत महानुभावहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

सामाग्री हस्तान्तरण समारोहमा मर्सील्याण्ड नेपालका कोषाध्यक्ष ज्ञान बहादुर तितुङ सदस्य राम तितुङ,टकराज घले अभिभावकहरु समाजसेवी लगाएतको उल्लेखनीय उपस्थित थियोे । मर्सील्याण्ड नेपालले यस अभियानमा हालसम्म लगभग ५०० जना विद्यार्थीको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री सहयोग गरिसकेको छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.