Fast Nepal News

‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

banner single news

काठमाडौं — वैशाख ७, २०७८।

‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन्। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ‘सुन हैन’ बोलको उक्त गीतमा ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ सिंगिङ तर्फका विजयी प्रतिस्पर्धीहरु पद्मजा कार्की, विक्रम बस्नेत, प्रियान्कुश गौतम, आज्ञा थपलिया, अर्नव बन, आश्निया बिनाडीले आफ्नो आवाज भरेका छन।

भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का डान्स तर्फका विजयी प्रतिस्पर्धीहरुलाई फिचरिङ गरिएको छ । जसमा सोनी लामा तामाङ, ओम राजवंशी, अपुर्व कर्मचार्य, प्रलक्षा कार्की, कृष तामाङ, दिभम राखेचा, दृष्टि धिमाल र आज्ञा थपलियाको अभिनय देख्न सकिने छ।

Inside Article Ads

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

भिडियो —

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.