Fast Nepal News

लेखक संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं, संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन भएको छ। पुस्तकको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विमोचन गरेका हुन्।पुस्तकलाई भक्तपुर बचत तथा ऋण सहकारी लिमिटेडले प्रकाशन गरेको हो। पुस्तक विक्री भएर आएको पैसा सबै लेखक जोशीलाई हस्तान्तरण गरिने प्रकाशक संस्थाले जनाएको छ।

Inside Article Ads

८६ औं बसन्त पार गरिसकेका जोशीले वि.सं २०१० सालदेखि समाजको विकासबाट आफ्नो लेखनी यात्रा शुरु गरेका थिए । नेपालको इतिहास, धार्मिक, सांस्कृतिक र वैदिक चिन्तनलाई समय सापेक्ष रुपमा आफ्नो तार्किक अभिमतद्वारा विश्लेषण गरिएको पछिल्लो पुस्तक हो “मेरा अनुभूतिहरु वहाँको ३० औं पुस्तकको रुपमा प्रकाशित उक्त पुस्तकमा वहाँले आफ्नो भोगाईलाई नितान्त नौलो र सारगर्भित रुपमा व्याख्या र विश्लेषण गरिएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.