Fast Nepal News

जेष्ठ नागरिक एवं विद्यार्थीहरुलाई ताम्रकार समाजले गर्यो सम्मान

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं, ताम्रकार समाजले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर जेष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ जेष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष नरेश ताम्रकार एवं समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो।

त्यस्तै समाजबाट एसईई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उतीर्ण गरेका करिब १२५ विद्यार्थीहरुलाई समाजका पूर्व अध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्रले ट्रफी, कदर पत्र एवं नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।

Inside Article Ads

मातृभाषाको संरक्षण बिना आफ्नो पहिचानको जगेर्ना हुन नसक्ने नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले ताम्रकारले बताए। उनले नेवाःहरुको मुद्दा तथा आन्दोलनमा ताम्रकार समूदायको योगदान उच्च रहेको भन्दै प्रशंसा गरेका थिए। समाजका अध्यक्ष रवीन्द्रले कोरोना भाइरसका कारण समाजबाट स्वर्ण जयन्तीको अवसरमा धेरै कार्यक्रमहरु गर्न नसकिरहेको बताए।

उनले अग्रजहरुको त्याग परिश्रम मिहिनेतकै कारण समाजले आफ्नो स्वर्ण जयन्ती मनाउन सफल भएको उल्लेख गर्दै भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्बर्द्धनमा ताम्रकार समाज सदा लागि परेको बताए।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.