Fast Nepal News

चेम्वरका नवनिर्वाचित पदाधिकारीलाई महासंघले गर्यो स्वागत, संस्थागत सहकार्य र कार्यगत एकतामा जोड

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं,  नेपाल उद्योग वाणिज्य महासंघले नेपाल चेम्वर अफ कमर्सका नव चिर्वाचित पदाधिकारीलाई कार्यालयमा स्वागत गरेको छ ।

त्यसक्रममा दुवै संस्थाले आपसमा कार्यगत र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।

निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने उनीहरुको निष्कर्स छ ।

महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागतमा आज महासंघ सचिवालयमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।

Inside Article Ads

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने ‘हामी प्रतिस्पर्धी होइन एक अर्काका परिपुरक हौं । र, आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ ।’

अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने स्पष्ट पारे ।

यसैगरी, चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले आफ्नो टिमले आगामी दिनमा महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

भने, ‘महासंघका अध्यक्षले संस्थागत सहकार्यका लागि राख्नु भएको प्रस्तावप्रति आफ्नो पूर्ण समर्थन छ । दुई संस्थाबीचको ऐतिहासिक सम्बन्ध अत्यन्त प्रगाढ रहेको र उक्त सम्बन्धलाई थप प्रगाढ बनाउंदै लैजाने विश्वास छ ।’

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.