Fast Nepal News

सीसीएमसीको बैठक बस्दै

banner single news

काठमाण्डाै, बैशाख ४ – कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल गर्ने तयारी छ ।

Inside Article Ads

यसअघि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशील घोषणा गर्दै ती क्षेत्रका विद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न अपिल गरिसकेको छ । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल तत्काल बन्द नगर्न र सङ्क्रमणको अवस्था अनुसार निर्णय गर्न पालिकालाई जिम्मेवारी दिएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.