Fast Nepal News

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य

banner single news

काठमाडौं – बैशाख ३

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागिता रहेको थियो । ओली र ठाकुरबीच छलफल सकेर बिहीबार साँझ कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्मको प्रगतिका विषयमा समेत छलफल भएको छ ।

छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले परिणाममुखी वार्ता भएको बताए । शीर्ष नेताका साथै कार्यदलका बीचमा भएको छुट्टाछुट्टै छलफल सकारात्मक रहेको बताउँदै उनले केही दिनमै परिणाम दिने गरी काम हुने बताए ।

Inside Article Ads

‘छलफल सकारात्मक छ । केही दिनभित्रैमा परिणाम दिने गरी हाम्रो गृहकार्य भइरहेको छ,’ नेम्वाङले राजधानीसँग भने, ‘हामी छलफललाई निरन्तरता दिने र उहाँहरूले उठाउँदै आएका माग सम्बोधन गर्नतर्फ अघि बढेका छौं ।’

जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुठा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा उठाउँदै आएको छ । नेकपाले सांसद चौधरीको रिहाइका साथै मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । जसपा नेताहरूले समेत आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको र प्रक्रिया अघि बढेको बताउँदै आएका छन् ।

एमालेबाट संसदीय दलका उपनेता नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई र जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा रहेका छन् । यो वार्ता टोलीको छलफल निरन्तर जारी रहेको छ । राजधानी दैनिकबाट

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.