Fast Nepal News

नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन

बैशाख ११ गते धरहरा लोकार्पण हुने

banner single news

प्रकाश कपाली काठमाडौ । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ। नयाँ वर्षको उपलक्ष्यमा सम्बोधन गर्दै उहाँले विगतका वर्ष कोरोनाका कारण आक्रान्त भएको र यसबाट राज्यका सबै क्षेत्रहरू प्रभावित भएपनि देशको अर्थ क्षेत्रमा यसले प्रतिकूल असर पारे तापनि देश ऋणात्मक अवस्थामा नगएको उहाँले बताउनुभयो । यसैगरी २०७७ सालमा कोरोना महामारीले देश आक्रान्त भएपनि विकासका कार्यमा सरकार प्रतिबद्ध भएर लागेको उहाँले बताउनुभयो। २०७७ सालमा व्यापारघाटा सन्तुलन गर्न सरकार सफल भएको उहाँले बताउनुभयो। २०७७ साल जनप्रतिनिधिकाे युग भएको र पृथकतावादी सोचको अन्त्य गर्दै राष्ट्रिय एकतामा जोड दिँदै सरकार अघि बढेको पनि बताउनुभयो। सरकारले दैनिक साढे ५ किलोमिटर सडक निर्माण कार्यमा सक्रिय रुपमा अघि बढेको अबका दिनमा यस कामले पूर्णता पाउने पनि उहाँले बताउनुभयो। नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै ‌विगतका वर्षहरुमा पुनर्निर्माण प्राधिकरणले असाधारण काम गरेको र पुनः निर्माणका कार्यहरु प्रभावकारी रुपले विगतका वर्ष अघि बढेको र यसवर्ष पनि अघि बढ्ने बताउनुभयो। यसैगरी अबको केही समयमा जनकपुरमा आएको रेल यसै वर्षबाट सञ्चालन हुने उहाँले बताउनुभयो। यसैगरी कन पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माणका कार्यलाई अघि बढाइरहेको र यही बैशाख ११ गते धरहरा लोकार्पण हुने उहाँले बताउनुभयो। २०७७ साल राजनीतिक, आर्थिक ,सामाजिक हिसाबले सफलताको वर्ष रहेको र २०७८ साललाई पनि राजनीतिक, आर्थिक, सामाजिक हिसाबले सफलताको वर्ष बनाउन सबै नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। शुभकामना आदानप्रदानका क्रममा ओलीले २०७८ सालमा देश नयाँ युगमा प्रवेश गरेको र सरकारले नयाँ उत्साह र आत्मविश्वासका साथ काम गर्ने पनि बताउनुभयो ‌। यसैगरी जुम्लाको सिमिकोटमा सडक संजाल जोड्ने, १६५ अोटा शिलन्यास गरेको सडक निर्माण कार्यलाई पूर्णता दिने पनि उहाँले बताउनुभयो। यसैगरी यसवर्ष मेरो किता कार्यक्रम आजका दिनदेखि सुरुवात गर्ने पनि बताउनुभयो । जुन कार्यक्रमले मलाई किसानको समस्यालाई बुझी सरकारले कृषिमा आधुनिकीकरण गर्ने योजना ल्याएको पनि उहाँले बताउनुभयो। योजनाबद्ध रूपले देशलाई विकास गर्ने र युवाशक्तिको साथ चाहिएको हुनाले राज्यले उपलब्ध गर्ने रोजगारीका अवसर सदुपयोग गर्न आग्रह गर्नुभयो ‌। एकपछि अर्को गर्दै नेपाल विकासको नयाँ युगमा अघि बढेको तर्क व्यक्त गर्दै नयाँ वर्षको उपलक्ष्यमा सबै देश-विदेशमा छरिएर बस्नुभएका नेपाली जनताहरुमा शुस्वास्थ , खुशी, उमङ्गको वर्ष रहोस् भनेर शुभकामना दिँदै राष्ट्रका नाममा सम्बोधन गर्नुभयो।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.